ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन्। काठमाडौँको कलंकी–कोटेश्वर खण्डमा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो इपिसी मोडलमा बनेको हो।
करीब १७ करोड रुपैयाँ लागतमा बनेको फ्लाइओभरमा ४ लेनको ३५ मिटर स्पान र ५०० मिटर लामो अप्रोच सडक छ। ट्राफिक जाम कम गर्न २०७८ सालमा यसको निर्माण सुरु गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ग्यास, फलाम, खनिज, कृषिको आधुनिकीकरण र उद्योग स्थापनाबाट देशले विकासको गति लिएको बताएका छन्। साथै, हुलाकी राजमार्ग, सुनकोशी मरिन डाइभर्सन, मदन भण्डारी र पुष्पलाल राजमार्गजस्ता योजनाले देशको रूपान्तरण हुने बताएका छन्।