विद्यार्थीलाई सरस्वती निकेतन माविको राहत, खाद्यान्न र सिकाइ सामग्री

काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई सिकाइ सामग्री वितरण गरिने जनाइएको छ । अहिले विद्यार्थीहरुमा मुख्यगरी पेटको र सिकाइको गरी दुईवटा भोक रहेको र विद्यार्थीको दुवै […]

१२ संघसंगठनले एकै श्वरमा भनेः थापा नै वैधानिक अध्यक्ष, फेसबुके टिप्पणी एकता विरोधी हर्कत

काठमाडौं । नेपाल शिक्षक महासंघमा आवद्ध र सम्बद्ध १२ संघसंगठनहरुले बाबुराम थापा नै महासंघको वैधानिक अध्यक्ष भएका स्पष्ट पारेका छन् । साथै, नेतृत्वको सवालमा सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी एकता विरोधी भएको ठहर गरेका छन् । १२ आवद्ध र सम्बद्ध शिक्षक कर्मचारीका संघसंगठनहरुले शुक्रवार संयुक्त अपिल जारी गर्दै विद्यान संशोधन विधिसम्मत नै रहेको  ठहर गरेका छन् […]

केपी ओली र प्रचण्डले संयुक्त विज्ञप्ति जारी गर्दै भने भारतले निन्दनीय काम गर्यो

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको निन्दा गरेको छ। ‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसाे गरिनु निन्दनीय छ,’ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल […]

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप निरन्तर गर्दै गएको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे […]

लिपुलेकमा खनिएको सडक आफ्नै भूमिमा भएको भारतले जनायो प्रतिक्रिया

काठमाडौँ । लिपुलेकमा खनिएकाे सडक आफ्नै भूमिमा पर्ने भारतले दावी गरेकाे छ । भारतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे प्रतिक्रिया जनाएको हाे ।  शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले निकालिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै […]

रास्कोट नगरपालिकाले देशभर रहेका ७०० नागरिकलाई गर्यो उद्धार, १७४३ लाई राहत वितरण

कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाले देशका विभिन्न भागमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी फर्काएको जनाएको छ । नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले एक विज्ञप्ति जारी गर्दै देशभर अलपत्र परेका आफ्नो नगरका सात सय नागरिकलाई उद्धार गरेको जनाएका हुन् । त्यसैगरी नगरपालिकाले नगरभित्रका मजदुर, विपन्न, असहाय गरी १७४३ जनालाई तीन चरणमा राहत वितरण गरिएको पनि जानकारी गराएको […]

जिल्ला वन अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोट डिभिजन वन कार्यालयका दशौं तहका अधिकृत घुससहित रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत जयमंगल प्रसादलाई कार्यालयबाटै एक लाख घुससहित शनिबार पक्राउ गरेको हो। उनले वनको काठको ठेक्का मिलाइदिने भन्दै घुस मागेपछि आयोगबाट खटिएको टोलीले लकडाउनकै अवधिमा पनि नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सेनाका पूर्व रथी र सशस्त्रका पूर्व एआईजी पक्राउ

काठमाडौँ । प्रहरीले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगञ्जबाट शनिबार दिउँसो पक्राउ गरेको छ। नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र पूर्व सहायक रथि प्रेमसिंह बस्न्यात सडकमा उत्रिएका थिए। सोही क्रममा उनीहरुलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो। […]

लिपुलेकमा भारतले सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले जारी गर्यो विज्ञप्ति

काठमाडौं, २७ वैशाख । लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले विज्ञप्ति जारी गरेकाे छ । भारतको याे कदमले नेपाललाई दुःखित तुल्याएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेकाे हाे । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन […]

दिउसो चलाउन नपाइने गरी भोलिदेखि राजधानीमा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

काठमाडौं, २७ वैशाख । काठमाडौं उपत्यकामा सवारी आवागमन बढेसँगै अब टाइम कार्ड लागु हुने भएकाे छ । भोलि आइतबारदेखि उपत्यकाका तीन वटै जिल्लामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको हाे । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । […]