मोबाइल चार्ज गर्नेक्रममा गयो गर्भवती महिलाको ज्यान

रौतहट । रौतहटमा मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

 बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतिय करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा पुर्याएको र साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले पुष्टि गरेको हो। 

मृतक खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका हुन्।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।