बोका चोर प्रहरी फन्दामा

रौतहट । किसानले घरमा पालेको बोका चोर्ने एक युवक पक्राउ गरेको परेका छन् ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका– ६ का २७ वर्षीय विक्रम ठाकुर रहेका छन्। चन्द्रपुर नगरपालिका–५ का एक किसानको घरबाट गए राति सवा ८ बजेतिर चोरी भएको बोकासहित ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बोका सम्बन्धित किसानलाई बुझाएको र पक्राउ परेका ठाकुरलाई  जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।