एकैदिन चितवनमा १०२ जनामा सङ्क्रमण, २ को मृत्यु

चितवन । एकै दिन शनिबार चितवनका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्। धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन्। त्यसैगरी भरतपुर अस्पताल […]

२४ घन्टामा नेपालमा थपिए ८८४ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै साे जानकारी दिएकाे हाे । स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रेस विफिङमा देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष […]

आज एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, कूल मृत्यु हुने दुई सय नाघे

काठमाडौं, १३ भदौ । कोरोना संक्रमणबाट शनिवार एकैदिन १२ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएकाे हाे । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । प्रवक्ता गाैतमले मृत्यु […]

नविल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु

पाेखरा, १३ भदौ । नविल बैंकमा कार्यरत एक सुरक्षागार्डकाे काेराेना संक्रमणाबाट मृत्यु भएकाे छ । पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको हाे । शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो। उनी पोखरा महानगरपालिकास्थित […]

८१ प्रतिशत नेपालीमा कोरोना संक्रमण हुने र यस वर्ष ४९ हजार मान्छे कोरोनाबाट मर्ने दावी पूरै गलत

काठमाडौं, १३ भदौ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन्। यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन […]

त्रिविका वार्षिक परीक्षा दशै पछाडि मात्रै गरिने

काठमाडौं, १३ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेस्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई […]

जापानी प्रधानमन्त्री शिन्जो आवेले दिए पदबाट राजीनामा

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।  जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको […]

६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । काेराेनाकाे संक्रमणबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मीपछि काेराेनाबाट सञ्चारकर्मीहरु प्रभावित भएका छन् । काेराेना भाइरसबाट नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले देशका सात मध्ये ६ प्रदेशमा पत्रकारहरुमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे छ । महासंघका अनुसार अहिलेसम्म सुदूरपश्चिमका कुनै पनि पत्रकार संक्रमण भेटिएकाे छैन । महासंंघले प्रदेश १ मा […]

ग्याङ फाइटमा खुकुरी र बन्चरो प्रहार हुँदा १ को मृत्यु चार गम्भीर घाइते

विराटनगर, १२ भदौ । माेरङकाे बेलवारीमा ग्याङ फाइटमा खुकुरी र बन्चराे प्रहारबाट एक जनाएकाे मृत्यु भएकाे छ भने चार जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुइ समूहबीच अघिल्लाे दिनकाे भनाभनलाइ लिएर एक समूहले खुकुरी र बन्चराे प्रहार गरी अर्काे समूहलाइ क्षतविक्षत बनाएकाे हाे । जिल्ला प्रहरी कार्यालय […]

कर्फ्यूले घटेन काठमाडौ उपत्यकामा कोरोना संक्रमण, फेरि थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । एक हप्ते कर्फ्यू सकिएर अर्को हप्ताको कर्फ्यूमा अघि बढिरहेको काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण भने अझै बढिरहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ४१५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी […]