काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

किनेको २ वर्ष नबित्दै गाडी मर्मतमा ६३ लाख खर्च गर्ने प्रदेशसभाका सबै फाइल अख्तियारको छानविनमा

बुटवल, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को प्रदेशसभामा भएको अनियमितताको अनुसन्धान सुरु गरेको छ । गाडी मर्मतका लागि ६० लाख भन्दा बढी खर्च गरेको भेटिएपछि त्यसका बारेमा आयोगमा उजुरी परेको थियो । आयोगले उजुरी आएपछि त्यसको अनुसन्धान थालेको हो । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी […]

सरकारी अकर्मण्यताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको कांग्रेसको आरोप

भदौ १० , काठमाडौँ । सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ । बुधबार पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाने खतरा बढ्दै जानसक्न आरोप लगाएको हो । उक्त समितिले कोरोना संक्रमण नियन्त्रणका […]

कारणसरकारी अकर्मण्यताका कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको कांग्रेसको आरोप

भदौ १० , काठमाडौँ । सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनाएको छ । बुधबार पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जाने खतरा बढ्दै जानसक्न आरोप लगाएको हो । उक्त समितिले कोरोना संक्रमण नियन्त्रणका […]

फेरि कर्फ्यू ! सर्वसाधारणले सरकारसँग यसरी पोख्न थाले आक्रोशका ज्वाला

  काठमाडौं, १० भदाै। कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमै फैलिएपछि काठमाडौ उपत्यकामा एक हप्ते कर्फ्यू जारी गरियो । एकहप्ते कर्फ्यू सकिन लाग्दा कर्फ्यू एक हप्ता फेरि थप्ने निर्णय भएको छ । लामो लकडाउनले आजित भएका नागरिक फेरि अकस्मात भएको कर्फ्यू र त्यो पनि उसैगरी एक हप्ता, अर्को हप्ता गर्दै थपिन थालेपछि आक्रोशित बनेका […]

विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]

अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ। त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका छन्। उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]

काठमाडौँ उपत्यकमा निषेधाज्ञा भदौ १७ सम्म थप

भदौ १० ,काठमाडौँ । राजधानीमा जारी निषेधाज्ञा एक हप्ता लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो । सर्वपक्षीय संगको छलफल पछि छलफल पछि […]

गोली हानेर दुईजना लागुऔषध कारोबारी गिरफ्तार

रुकुम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक […]