काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको बताएका छन् । कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले यस्तो बताएका हुन् । साथै, उनले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको […]
समाचार
विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् । मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई […]
दैनिक ८ घण्टा नसुते निम्तिन सक्छ अनेक समस्या
काठमाडौं । रातको निद्रा हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यस समयमा, मस्तिष्कले पनि आराम गर्छ, आफैलाई मर्मत गर्दछ र दिनको मेमोरी भण्डारण गर्दछ। तर, अहिलेको जीवनशैलीमा मानिसहरु विशेषगरी युवाहरु राती अबेरसम्म जाग्ने गर्छन् । निन्द्राको कमीले हाम्रो मस्तिष्क अर्थात स्लीप एण्ड ब्रेन हेल्थलाई सिधै हानि पुर्याउँछ । हामीले पर्याप्त निद्रा नपर्दा यसले हाम्रो मस्तिष्कमा […]
जनार्दन शर्माको जिकिर : मनमोहन बाहेकका प्रधानमन्त्रीले असुली धन्दा चलाए
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा चलाएका जिकिर गरेका छन् । पुष्पलाल स्मृति दिवसका अवसर पारेर सोमबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् । “प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ […]
काठमाडौँमा उर्दू कविता
काठमाडौं । नेपालस्थित पाकिस्तान राजदूतावासले काठमाडौंमा उर्दू कविता साँझ सम्पन्न गरेको छ । “आलमी मुशायरा; उर्दू, शायरी की ज़ुबान” शीर्षक साहित्यिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो । साहित्य एकेडेमी नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य लिएको दूतावासले जनाएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का सांसद सिराज अहमद फारुकी र […]
दुई शिशु र पत्रकारको ज्यान गएपछि कटहरिया अस्पतालमा तनाव
रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। स्थानिय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। […]
ज्ञानेन्द्र शाह स्वयंको कारण राजतन्त्र समाप्त भएको हो : सिटौला
ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्ने विचार वी.पी. कोइरालाको मूल धारणा रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको ४३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सिटौलाले वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने वी.पी. को सोच अनुरुप कांग्रेस चलेको स्पष्ट […]
ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]
भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको निधन
भक्तपुर । भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ। मंगलबार बिहान करिब सबा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भक्तपुर नगरपालिका–४ […]
काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा […]











