काठमाडौं । नयाँ बानेश्वरमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको निधन भएको छ।
बा८१प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको निधन भएको प्रहरीले जनाएको हो । गए राती भएको दुर्घटनामा गम्भीर घाइते भएका परियारले उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गुमाएका हुन् ।
दुर्घटनामा संलग्न वाग्मती बीएबी ०३६५ नम्बरको जिप र सोको चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।






