मोटरसाइकल दुर्घटनामा ३५ वर्षिय युवकको निधन

सर्लाही । सर्लाहीको वरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरियाटोल तर्फ जादै गरेको ना ४६प २८२० नम्बरको मोटरसाईकल आज बिहान पौने ३ बजे अनियन्त्रित भई पुलको दाहिने साईडमा ३ मिटर तल खस्न जाँदा चालकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा मोटरसाईकल चालक मलंगवा नगरपालिका ४ बस्ने कैलाश रायको छोरा बर्ष ३५ को घनश्याम राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।

दुर्घटनामा परी चालक रायको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागी बरहथवास्थित एक निजी अस्पतालमा उपचार भइरहेको थियो।

घाईतेको अवस्था गम्भीर भएपछि थप उपचारको लगी एलएस न्युरो अस्पताल बारामा लगेकोमा उपचारको क्रममा बिहान ६ बजे चालक रायलाई डक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा बारे थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीको भनाइ छ।