प्रतिनिधि सभाको बैठक बस्न सकेन, भोलि बुधबार १ बजे बस्ने

काठमाडौ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न सकेन ।

बिहान ११ बजे बस्नपर्ने बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको थियो ।

तर, प्रतिपक्षी दलहरु सहमतिमा नआएपछि बैठक बस्दै नबसी भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने अडान कायम नै राखेका छन् ।