हकप्रद शेयर निष्कासन गर्न बीमा कम्पनीहरुको मरिहत्ते

काठमाडौ । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका छन् ।

जीवन बीमा कम्पनीतर्फ एलआईसी नेपाल, सन नेपाल लाइफ र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न स्वीकृति पाएका छन्। तीमध्ये एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रदमार्फत २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको शेयर बिक्री गरिसकेको छ ।

सन नेपाल लाइफले २७ प्रतिशत हकप्रदमार्फत १ अर्ब ६ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर हाल बिक्री खुला गरिरहेको छ। एसियन लाइफले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति निर्धारण गरिसकेको छ, तर निष्कासन मिति भने तोकिएको छैन ।

निर्जीवन बीमा कम्पनीहरूमध्ये एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासन अनुमति पाएका छन्। एनएलजी इन्स्योरेन्सले ६२.६५ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २५ प्रतिशत अर्थात् ५० करोड ३० लाख रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गरिसकेका छन्। नेपाल इन्स्योरेन्सले ४० प्रतिशत अर्थात् ६५ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल इन्स्योरेनसले भने हकप्रद शेयर निष्कासनको मिति तय गरेको छैन ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा हालसम्म १५ वटा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ, जसबाट १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम उठ्ने लक्ष्य राखिएको छ ।

बोर्डको पाइपलाइनमा ४ वटा बीमा कम्पनीका हकप्रद प्रस्तावहरू रहेको छ। तीमध्ये निर्जीवन बीमा कम्पनीहरू सानिमा जीआईसी, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड छन्, जसले क्रमशः २५ प्रतिशत अर्थात् ५० करोड , ५०.१५ प्रतिशत अर्थात् ८३ करोड ५० लाख र १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख रुपैयाँबराबर हकप्रद ल्याउने तयारी गरेका छन्।

जीवन बीमातर्फ प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत अर्थात् ७३ करोड रुपैयाँबराबर हकप्रद निष्कासनका लागि प्रस्ताव पेश गरेको छ। बोर्डको अनुमति पर्खिरहेका १३ अन्य कम्पनीहरूले पनि झन्डै ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने तयारीमा छन्। यी सबै हकप्रद शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि न्यूनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी अनिवार्य गरेपछि, कम्पनीहरूले हकप्रद वा बोनस शेयरमार्फत पूँजी पुर्याउने रणनीति लिएका हुन् ।

शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका छन् ।