प्रतिनिधिसभाको आज बिहान बस्ने बैठक सरेर दिउँसो २ बजे बस्ने भएको छ।
बिहान ११ बजेका लागि डाकिएको बैठक विपक्षी दलका अवरोधको कारण संचालन हुन सकेन ।
बैठ्क २ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले सूचना टाँस गरेको भएपनि बैठक सुचारु हुने सुनिश्चितता छैन ।
सदन खुलाउने सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।