दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने इभी नालीमा खस्दा एकको निधन

बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् ।                                                                                            काठमाण्डौबाट पुर्व ईलाम तर्फ जाँदै गरेको बा ६४ प १७७२ नं. को मोटरसाइकललाई सोही दिशामा रामेछाप तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ०२९८ नं.को ईलेक्ट्रोनिक गाडिले ठक्कर दिई भाग्ने क्रममा नालिमा खस्दा उक्त गाडिमा सवार एक युवतीको ज्यान गएको प्रहरीले पुष्टि  गरेको हो । ज्यान गुमाउनेमा ईलेक्ट्रोनिक गाडिमा सवार रामेछापको मन्थली न.पा. १२ की २० वर्षीया रमिला बुढाथोकी रहेकी काभ्रे प्रहरीका सूचना अधिकारी एवं डिएसपी राजकुमार श्रेष्ठले बताएका हुन् । बिहान पौने ७ बजे गम्भिर घाइते अवस्थामा उद्धार गरि उनलाई धुलिखेल अस्पताल पुर्याइएको र उपचारकै क्रम्मा ०७:३५ बजे उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परि मन्थलीकै वडा नं. १ बस्ने बर्ष २३ की पुष्पा तामाङको टाउकोमा सामान्य चोट रहेको र लिखुतामाकोसी गा.पा. ६ बस्ने बर्ष ५१ को टंक प्रसाद दाहालको दाहिने कुम र टाउकामा सामन्य चोट रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटर साइकल चालक ईलाम थाकथुम गा.पा. ३ बस्ने बर्ष ४० को राम कु. राई को ढाडमा चोट भएपनि अवस्था सामान्य रहेको र पछाडी सवार उनकै पत्नी ३९ वर्षीया प्रविशा सुनुवार पनि सामान्य मात्र घाइते रहेकी प्रहरीको भनाइ छ ।   ईलेक्ट्रोनिक गाडि चालक काभ्रेको पनौती न.पा. ५ बस्ने बर्ष ४१ को उपेन्द्र थापा प्रहरीको नियन्त्रणमा रहेको र उक्त सडकमा कुनै अवरोध नरहेको समेत डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

Loading...