पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीको बसले ठक्कर दिँदा पत्नीको गयो ज्यान

काभ्रे । काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल पल्टदा पछाडी बाट आइरहेको बसले किचेपछि मोटरसाइकलमा सवार रहेकी काठमाडौको का.म.न.पा.११ की ६१ वर्षीया बिन्दा गिरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जनाए अनुसार बिहीवार बिहान करिब १० बजेको समयमा सिन्धुली तर्फ जादै गरेको बा.प्र.०२-०२४ प ४०९२ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टदा सोहि दिशाबाट आउदै गरेको बा ४ ख ७५१८ नं. को बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले पछाडि सवार गिरीलाई ठक्कर दिई घाईते बनाएको थियो । उनलाई उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएकोमा उपचारको क्रममा करिब सवा ११ बजे सम्बन्धित चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

उनका पति मोटरसाइकल चालक प ६१ वर्षीय ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट रहेको र अबस्था मध्यम रहेको बताइएको छ । ठक्कर दिने बस र बसका चालक इप्रका मंगलटारको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

यसैगरी काभ्रेमै दिउसो करिब साढे २ बजे अर्को सडक दुर्घटना भएको छ । नमोबुद्ध न.पा. ७ चौकीडांडा स्थित विपि राजमार्ग सड्क खण्डमा काठमाण्डौबाट पुर्व तर्फ जाँदै गरेको प्र. २ -०२-००१ च ०८२८ नं. को कुखुरा बोक्ने बोलेरो गाडिले बिपरित दिशाबाट आउदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२-०४५ प ५४३० नं. को गरी ३ वटा मोटरसाइकल लाई ठक्कर दिएको हो ।

दुर्घटना भएको ३ वटा मोटर साइकलमा सवार ६ जना ब्यक्तिहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको, सबै सवारी साधन र बोलेरो चालक प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा रहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

Loading...