फिफा विश्वकप २०२६ : फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

काठमाडाैँ । मियामीमा भएको फिफा विश्वकप २०२६ को अत्यधिक सनसनीपूर्ण र रोमाञ्चक तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्ड विजयी भएको छ । कुल १० गोल भएको विश्वकप इतिहासकै एक अत्यन्तै रोमाञ्चक र यादगार खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो । यस जितसँगै इङ्गल्याण्डले सन् १९६६ पछिको विश्वकपमा […]

जोखिमलाई मध्यनजर गर्दै २३ जिल्लामा रातको समयमा सवारी चलाउन रोक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर । मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल  ठोक्किँएर एक मोटरसाइकल चालक्को ज्यान गएको छ भने उनको पछाडि सवार युवती घाइते भएकी छन् । दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको हो । उदयपुरको कटारी-२ घर भई काठमाडौंको तीनकुने बस्ने १६ वर्षीय कविर कार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी […]

ट्रकले दुई बसलाई ठक्कर दिँदा एउटा बस पल्टियो, ८ घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस […]

अस्पतालमै पुगेर ८० युवाले गरे रक्तदान

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिन पारेर रक्तदान कार्यक्रम गरेको छ । बर्ष २०२६-२७ का अध्यक्ष लियो लक्ष्मण खनालले संस्थापक अध्यक्षको जन्मदिन र आफ्नो कार्यकालको पहिलो कार्यक्रम रक्तदान जस्तो मानवीय कार्यबाट सुरु गर्न पाँउदा खुशी व्यक्त गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासन प्रमुख प्रेम […]

बोलेरो जिप दुर्घटना : दुईको निधन, तीन घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप बिहान करिब ३ बजे सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त […]

अनेसास नेपाल च्याप्टरले मनायो २१३औँ भानु जयन्ती

काठमाडौं। नेपाली भाषा र साहित्यका आदिप्रेरणा, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले एक गरिमामय साहित्यिक समारोह आयोजना गरी भानुको अविस्मरणीय योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। पुतलीसडकस्थित अनेसास नेपाल च्याप्टरको सचिवालयमा सम्पन्न कार्यक्रममा भानुभक्तको जीवन, व्यक्तित्व र कृतित्वमाथि गहन विमर्श, कविता वाचन तथा स्रष्टा सम्मान जस्ता विविध साहित्यिक आयामहरू समेटिएका थिए। […]

झापामा कारले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

विराटनगर । झापाको गौरीगन्जमा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज–२ कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो । मोहमद नुर मोटरसाइकल चालक हुन् । हक मोटरसाइकल पछाडि बसेका थिए […]

बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्। कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो […]

लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनले आफू अत्यन्त मर्माहत बनेको बताएका छन् । उनले भनेका छन्– ‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा पाण्डेले पुर्‍याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।’ प्रचण्डले शोकसन्तप्त परिवारजन, आफन्त […]