कैलाली । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको […]
समाचार
आजको मौसम : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको […]
चिनियाँ भाषामा बिजुक्छेँकाे चिठी
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को चर्चित कृति ‘जेलका चिठीहरू’ को चिनियाँ भाषामा अनुवाद गरिएको संस्करण सार्वजनिक गरिएको छ। बाल विकास इङ्लिस सेकेन्डरी स्कूलले आयोजना गरेको विशेष समारोहमा अध्यक्ष बिजुक्छेँले पुस्तकको विमोचन गरे। विमोचनपछि बोल्दै अध्यक्ष बिजुक्छेँले पुस्तकको चिनियाँ अनुवादले चिनियाँ पाठकलाई नेपालका कला, संस्कृति, समाज र तत्कालीन जनजीवनलाई नजिकबाट […]
फकल्याण्ड ब्यानर विवादमा अर्जेन्टिनाको समर्थनमा ह्वाइट हाउस
काठमाडौं । फुटबल वर्ल्ड कप २०२६ मा फकल्याण्ड टापुसँग जोडिएको ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिनाको टोलीको समर्थनमा ह्वाइट हाउस उभिएको छ। ह्वाइट हाउसले टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गरेको छ। उसले खेलाडीहरूलाई अमेरिकामा यस्तो बयान दिने अधिकार भएको बताएको छ। सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले एउटा ब्यानर फहराएका थिए। उक्त ब्यानरमा “फकल्याण्ड अर्जेन्टिनाको हो” भनी लेखिएको […]
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति जोशी र रजिस्ट्रार चन्दद्वारा पदभार ग्रहण
धनगढी । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पदभार सम्हाल्दै उपकुलपति जोशी र रजिस्ट्रार चन्दले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका […]
विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ । उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो । निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा […]
भूमि प्रशासन सेवा स्थानीय तहमै ल्याउने तयारीमा मध्यपुर थिमि नगरपालिका
भक्तपुर। मध्यपुर थिमि नगरपालिकाले स्थानीय सरकारमार्फत भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक तयारीलाई व्यवस्थित बनाउने नगरपालिकाले पहल थालेको हो । स्थानीय तहबाट पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालन गरेको कागेश्वरी मनोहरा नगरपालिकाको शुक्रबार अध्ययन भ्रमण गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, […]
बिगत ९ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति
काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ। पछिल्ला नौ दिनदेखि जारी आन्दोलनपछि दुवै पक्षबीच सहमति जुटेको हो। मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरको त्रितियागाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। यात्रा बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने समझदारी बनेको थियो। […]
तोलामा ३१ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको […]
६७ करोडमा बिक्री भयो सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी
न्यूयोर्क । सन् १९५८ को फिफा विश्वकप फाइनलमा ब्राजिलका महान् फुटबलर पेलेले लगाएको जर्सी न्यूयोर्कमा आयोजित सोधबीज कम्पनीको लिलामीमा ४.९ मिलियन अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैंया) मा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो । यसअघि सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध चर्चित ‘ह्यान्ड अफ गड’ […]











