भक्तपुर । भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । बुधवार आ-आफ्ना नगर सभामा उप प्रमुखहरुले बजेट प्रस्तुत गरेका हुन् । जिल्लाकै जेठो भक्तपुर नगरपालिकामा उप प्रमुख रजनी जोशीले आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् । विनियोजित बजेटमा चालुतर्फ १ अर्ब […]
समाचार
भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते
काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुगेको छ । भूकम्पमा परी अरु ९ सय ७१ जना घाइते भएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा परी व्यापक जनधनको क्षति भएको पुष्टि गर्दै पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् । बुधबार बेलुकीपख गएका ७.२ र ७.५ म्याग्निच्युडका […]
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
चितवन । रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ । त्यसअघि पदाधिकारी पदको फाराम वितरण बिहीबार साँझ […]
अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा कैलालीमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते
धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको थियो । विष्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला […]
रास्वपा महाधिवेशन : सभापतिले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न भएको हो । गएराति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदान १२ः३० मा सम्पन्न भएको हो । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अवको […]
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
काठमाडौँ । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् । पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि […]
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् । नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र […]
भेनेजुएला भूकम्पमा मृतकको संख्या १० हजारदेखि १ लाखसम्म हुनसक्ने, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता
काराकास । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकासमा भवनहरू भत्किएका छन् र स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । यससँगै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएकाले बन्द गरिएको जानकारी दिएकी छन् । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको पाँच घण्टाभन्दा बढी समय बितिसक्दा पनि राष्ट्रिय […]
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का अन्तिम खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले जित हात पार्दै नकआउट चरणमा स्थान बनाएका छन्। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोका लागि दोस्रो हाफमा मातेओ चाभेज र जुलियन किन्योनेसले गोल गरे। चाभेजले ५५औँ मिनेटमा […]
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। तराईमा […]











