काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरू गरेका छन्। आज अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरू भएको हो। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति […]
समाचार
भक्तपुरको गेष्ट हाउसमा बसेकी १८ वर्षीया युवती मृत फेला, चार जना नियन्त्रणमा
भक्तपुर । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। घटनापछि उनीसँगै गेष्ट हाउसमा बसेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक दोलखा भीमेश्वर नगरपालिका–९, खरीढुंगा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार […]
पहिरोले कोशी राजमार्गको चैनपुर-बसन्तपुर सडक अवरुद्ध
संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । सडक अवरुद्ध भएपछि चैनपुर देखि बसन्तपुर आवतजावत गर्ने सवारी साधन ठप्प भएको छ । वर्षाका कारण शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट […]
६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन
काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो । स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी […]
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, दुवैतर्फको यातायात अवरुद्ध
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए । साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ । वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै […]
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी बने उत्कृष्ट युवा खेलाडी
काठमाडौं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने । स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी […]
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
काठमाडौँ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् […]
फिफा विश्वकप २०२६ : स्पेन बन्यो विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
काठमाडाैँ । स्पेन फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता बनेको छ। सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले ऐतिहासिक उपाधि चुमेको हो। निर्धारित ९० मिनेटको नियमित खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ वैकल्पिक खेलाडी फेरान टोरेसले खेलको १०६औँ मिनेटमा गरेको उत्कृष्ट […]
कुलेश्वरमा प्रहरीले गोली चलायो, दुई जना पक्राउ
काठमाडौं। काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेपछि दुई राउण्ड गोली चलाएको जनाएको छ। उक्त टोलीको नेतृत्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवले गरेका […]
आजको मौसम : यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा […]











