संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
सडक अवरुद्ध भएपछि चैनपुर देखि बसन्तपुर आवतजावत गर्ने सवारी साधन ठप्प भएको छ । वर्षाका कारण शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा, माटोसहितको पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय तुम्लिङटारसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण शारदा माध्यमिक विद्यालय समेत जोखिममा परेको छ ।







