फिफा विश्वकप २०२६ : स्पेन बन्यो विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध

काठमाडाैँ । स्पेन फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता बनेको छ। सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले ऐतिहासिक उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको नियमित खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ वैकल्पिक खेलाडी फेरान टोरेसले खेलको १०६औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै स्पेनलाई दोस्रो पटक विश्वकपको ट्रफी दिलाउन निर्णायक बन्यो।

सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो। आफ्नो यस दोस्रो फाइनल यात्रालाई स्पेनले १६ वर्षपछिको उपाधि खडेरी तोड्दै गौरवमय जितमा परिणत गर्न सफल भएको छ। अर्कोतर्फ, सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले भने यसपटक उपाधि रक्षा गर्न सकेन र उपविजेतामा चित्त बुझाउनुपर्‍यो। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलमा उपाधि जोगाउने प्रयास अधुरै रह्यो।

यसअघि निर्धारित ९० मिनेटको समयमा स्पेनले खेलमाथि स्पष्ट नियन्त्रण कायम राख्दा अर्जेन्टिना आक्रमणमा पूर्ण रूपमा निष्प्रभावी देखिएको थियो। निर्धारित ९० मिनेटको अवधिभर अर्जेन्टिनाले विपक्षी गोलतर्फ एउटै पनि शट वा ‘शट अन टार्गेट’ प्रहार गर्न सकेन, जुन विश्वकप फाइनलको इतिहासमै एउटा बिर्सनलायक खराब कीर्तिमान बन्न पुग्यो। अर्कोतर्फ, स्पेनले भने ९० मिनेटभित्र १५ वटा शट प्रहार गर्दै लगातार दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको बलियो रक्षापंक्ति र गोलकिपरले निर्धारित समयमा गोल हुन दिएका थिएनन्।

तर, खेलको निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाँदै रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा खुम्चिएको अर्जेन्टिनाले अतिरिक्त समयमा स्पेनको आक्रामक दबाब रोक्न निकै संघर्ष गर्नुपर्‍यो।

अन्ततः अतिरिक्त समयको दोस्रो हाफ सुरु हुनासाथ अर्थात् १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक अग्रता दिलाए, जुन खेलको अन्तिम समयसम्म कायम रह्यो। यो जितसँगै स्पेनले दोस्रो पटक फिफा विश्वकपको सुनौलो ट्रफी आफ्नो नाममा लेखाउन सफल भएको छ।

यसैगरी, विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनका खेलाडीहरूले व्यक्तिगत विधातर्फका मुख्य पुरस्कारहरू समेत आफ्नो नाममा पारेका छन्। स्पेनका मिडफिल्डर रोड्री विश्वकपका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ुगोल्डेन बलु जित्न सफल भए। त्यस्तै, स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सी फिफा विश्वकप २०२६ को सर्वोत्कृष्ट युवा खेलाडी ९द्यभकत थ्यगलन एबिथभच० घोषित भए। स्पेनका गोलकिपर उनाई सिमोनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गोलकिपरको पुरस्कार ुगोल्डेन ग्लोभु आफ्नो नाममा गरे।