काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नागरिक अगुवा तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेको निधनले आफू अत्यन्त मर्माहत बनेको बताएका छन् ।
उनले भनेका छन्– ‘नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा पाण्डेले पुर्याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।’
प्रचण्डले शोकसन्तप्त परिवारजन, आफन्त तथा उनीप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।






