एकैदिन चितवनमा १०२ जनामा सङ्क्रमण, २ को मृत्यु

चितवन । एकै दिन शनिबार चितवनका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्। धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएका छन्। त्यसैगरी भरतपुर अस्पताल […]

२४ घन्टामा नेपालमा थपिए ८८४ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै साे जानकारी दिएकाे हाे । स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रेस विफिङमा देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष […]

आज एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, कूल मृत्यु हुने दुई सय नाघे

काठमाडौं, १३ भदौ । कोरोना संक्रमणबाट शनिवार एकैदिन १२ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएकाे हाे । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । प्रवक्ता गाैतमले मृत्यु […]

नविल बैंकका सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु

पाेखरा, १३ भदौ । नविल बैंकमा कार्यरत एक सुरक्षागार्डकाे काेराेना संक्रमणाबाट मृत्यु भएकाे छ । पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति नबिल बैंकका सुरक्षा गार्ड भएको खुलेको हाे । शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको किभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको थियो। उनी पोखरा महानगरपालिकास्थित […]

६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । काेराेनाकाे संक्रमणबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मीपछि काेराेनाबाट सञ्चारकर्मीहरु प्रभावित भएका छन् । काेराेना भाइरसबाट नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले देशका सात मध्ये ६ प्रदेशमा पत्रकारहरुमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे छ । महासंघका अनुसार अहिलेसम्म सुदूरपश्चिमका कुनै पनि पत्रकार संक्रमण भेटिएकाे छैन । महासंंघले प्रदेश १ मा […]

कर्फ्यूले घटेन काठमाडौ उपत्यकामा कोरोना संक्रमण, फेरि थपिए ९२७ कोरोना संक्रमित

काठमाडौं, १२ भदौ । एक हप्ते कर्फ्यू सकिएर अर्को हप्ताको कर्फ्यूमा अघि बढिरहेको काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण भने अझै बढिरहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ४१५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी […]

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौँ, ११ भदौ । चौधरी ग्रुपका मालिक तथा नेपालका अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली कांग्रेसका तर्फबाट सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन् । आफ्नो ट्वीटमा चौधरीले आज बिहान आफूमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। साथै उनले आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा […]

काठमाडौंमा कोरोना संक्रमणले रेकर्ड ब्रेक गर्यो, थपिए ८८५ संक्रमित

काठमाडौं, १० भदाै । राजधानी उपत्यकामा काेराेना संक्रमणले भयावह रुप लिएकाे छ । बुधवार उपत्यकामा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका छन् । देशभर ८८५ संक्रमित थपिएकाेमा उपत्यकामा मात्र ३०१ जना भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित भेटिएका छन् । त्यस्तै बुधबार ललितपुरमा ४७ र भक्तपुरका […]

विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]

५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् । […]