काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, […]
समाज
मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीको सुरक्षाका लागि सरकारले मिलायो व्यवस्था
काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन […]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
काठमाडौँ । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ। अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ। यूएईका […]
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि नाका बन्द हुने
काठमाडाैँ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । […]
निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष
काठमाडौं । राष्ट्रिय मानव अधिकार कायोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको मानव अधिकार आयोगको निष्कर्ष निकालेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेल विज्ञप्ति निकालेर भनेका छन्, ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ ।’ देशका विभिन्न भागमा र्याली तथा सभाहरुमा बालबालिका सहभागी हुनु, पत्रकारहरुमाथि धम्की […]
पाकिस्तानको अमेरिकी नियोगमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ९ जनाको मृत्यु
एजेन्सी । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ। डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ […]
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । इरानमाथि भएको आक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि १५ फागुनमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ […]
इरानद्वारा मध्यपूर्वमा पुन: आक्रमण सुरु, कहाँ के भयो ?
तेहरान । इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले (आईआरजीसी)ले इजरायल र मध्य पूर्वक्षेत्रका अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन […]
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन […]
इजरायली हमलामा इरानका रक्षामन्त्री र रिभोल्युसनरी गार्ड्स प्रमुख मारिएको दाबी
काठमाडौं । इजरायली सैन्य हमलामा इरानका रक्षामन्त्री मारिएको दाबी गरिएको छ । शनिबार गरिएको हमलामा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आइआरजीसी)का कमान्डर मोहम्मद पाकपोर मारिएको विश्वस्त स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सले जनाएको छ । इजरायली सैन्य कारबाहीबारे जानकारी राख्ने दुई स्रोत तथा एक क्षेत्रीय स्रोतका अनुसार ती उच्च अधिकारीहरू […]











