प्रेसपास बाहक सञ्चारकर्मीलाई अन्य पास चाहिँदैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीहरुलाई छुट्टै सवारीपास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी ‘सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरुलाई पास आवश्यक नपर्ने’ भनेको हो । आयोगले आठ प्रकारका सवारीचालकहरुलाई त्यसको सूचीमा राखेको छ । आठौं नम्बरमा ‘प्रेस पास […]

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । […]

गृहजिल्ला झापामा ओलीको घरदैलो

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन् । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे । घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो […]

मौन अवधिमा अवाञ्छित गतिविधि र चलखेल रोक्न कडा निगरानी : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिमा हुन सक्ने हुन सक्ने चलखेल र अवाञ्छित गतिविधि रोक्न विशेष निगरानीको व्यवस्था गरिएको जनाएको छ। आयोगका आयुक्त सगुन शम्शेर राणाले मौन अवधि उम्मेदवार र मतदाताका लागि शान्त र सोचविचार गर्ने समय भएकाले यस अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि नगर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका छन्। आयुक्त […]

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार […]

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, […]

फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका […]

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि […]

बाल यौन दुराचार मुद्दामा सर्वोच्चको नयाँ नजिर स्थापित : पीडक नाबालक भए पनि क्षतिपूर्ति अनिवार्य

काठमाडौँ । सर्वोच्च अदालतले बालबालिका संलग्न जबरजस्ती करणी (बाल यौन दुराचार) मुद्दामा नयाँ नजिर स्थापित गरेको छ । सर्वोच्चले ‘अपराध गर्ने व्यक्ति (पीडक) नाबालक नै भए पनि उसले अपराधबाट पीडितलाई तिर्नुपर्ने क्षतिपूर्तिबाट उन्मुक्ति नपाउने’ फैसला सुनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले जबरजस्ती करणी सम्बन्धी एक मुद्दामा […]

काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण, तीन जना पक्राउ

काठमाडौँ । काठमाडौंमा जडिबुटी व्यापारीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१२ टेकुको रोडलाइन प्यालस होटलको कोठा नम्बर १०५मा पूर्णबहादुर बोहरालाई बन्धक बनाउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। एसपी रामेश्वर कार्कीका अनुसार बोहरा जडिबुटी व्यापारी हुन्। बोहरालाई अपहराण गरी केही दिन उक्त होटलमा बन्धक बनाएको […]