चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी

काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो । बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ […]

पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई खेल खेल्न प्रतिबन्ध

काठमाडौँ । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरूलाई खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ। विभागले बिहीबार पत्राचार गर्दै पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न क्लबहरूले विदेशी खेलाडीहरूलाई मैदानमा उतारेको भन्दै यस्तो चेतावनी दिएको हो। अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार भिसा प्राप्त विदेशीले जुन उद्देश्यका लागि […]

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र आज प्रतितोला पाँच हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच […]

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् । दूतावासको पहल र कम्बोडियाको सरकारको […]

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी […]

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, त्यसपछि आफैंमाथि चलाए बन्दुक

धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली […]

पितृशोकमा रहेका ओलीलाई गुन्डु पुगेर रास्वपा उपसभापति अर्यालको समवेदना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अर्यालले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्। अर्याल बुधबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस कठिन घडीमा […]

अन्तिम संस्कारका लागि यूकेबाट आएको परिवार सवार हेलिकप्टर खोटाङमा दुर्घटना !

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो । काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य […]

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी र लुम्बिनी प्रदेशलगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा […]

ललितपुरमा लुकाइएको ६ हजार बढी सिलिन्डर ग्यास भेटियो, ३ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर लुकाएर राखेको फेला परेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला ठुलो परिमाणमा सिलिन्डर लुकाएर राख्ने ललितपुरको श्रीराम ग्यास उद्योग प्रालिलाई कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले […]