आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ।

बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र आज प्रतितोला पाँच हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला पाँच हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला पाँच हजार १० कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।