मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।  भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च […]

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही […]

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ। मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको […]

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। […]

सिरहा क्षेत्र नं. ३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको […]

चपलीमा भेटिएको शङ्कास्पद बस्तु इट्टाको टुक्रा र सलाईको काँटी

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले बेरेर राखिएको कुकरमा इट्टाको टुक्रा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । चुनाव बिथोल्न सक्रिय समूहले कुकुरमा सलाईको काँटी समेत हालेर तार जोडेर छाडेको भेटिएको हो […]

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा खस्यो इरानले हानेको क्षेप्यास्त्र

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो । कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक […]

अलपत्र नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण अलपत्र नेपालीको विवरण संकलन तथा आवश्यक सहयोग एवं उद्धारका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । इजरायल-अमेरिका र इरानबीचको हवाई हमलापछि मध्यपूर्वी देशहरूमा रहेका नेपालीका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । उनीहरूको अवस्था सम्बन्धी सूचना संकलन तथा आवश्यक परेको खण्डमा […]

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

महोत्तरी । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेको थियो । सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई […]