कोशी र सुदूरपश्चिममा वर्षा, देशभर मौसम आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश सहित देशका हिमाली र पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातसमेत भइरहेको छ ।

सोमबार देशभरको मौसम अवस्था आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । विशेषगरी पहाडी र हिमाली भू-भागमा बदली बढी रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मौसममा हुने परिवर्तनबारे नियमित जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।