पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ड्रिमपार्क’

तुलसीपुर, २५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ।  श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उनले बताए । पार्कमा यति एयरलाइन्सको […]

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट, २५ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरुको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका हुन । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]

आँखा शिविनिःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया

धादिङ, २६ कात्तिक । धादिङको गङ्गाजमुना गाउँपालिका–ं ५ स्थित फुलखर्कमा भएको तीन दिने निःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ । फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए । आँखा अस्पताल […]

रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु

पाल्पा, २६ कात्तिक । रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ । लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई […]

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ ।  सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]

पोखरामा आँखादान कार्यक्रम बुधबार

चिप्लेढुङ्गा, २६ कात्तिक । पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान […]

‘एक घर, एक करेसाबारी’ कार्यक्रम प्रभावहीन

बाँके, २६ कात्तिक । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ मा दुई हजार बढी घरधुरी छन् । गत वर्ष वडा नं १ ले अभियानकै रूपमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम शुरु गरेपछि मुस्किलले २०० घरधुरीमा करेसाबारी तयार गरियो । जनप्रतिनिधिसँग पहुँच राख्नेले करेसाबारीको लाभ लिएको स्थानीयवासीको गुनासो छ । “अभियान नै भनिएको कार्यक्रम पहुँचमा केन्द्रित भएर […]

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

ललितपुर, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक […]

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, २६ कात्तिक । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका […]

टिपर र बोलेरो दुर्घटनामा एकको मृत्यु

बनेपा, २६ कात्तिक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक […]