समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्यूठानका आचार्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।

उक्त समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य नियुक्त भएका छन्।