जाजरकोटमा बेपत्ता सातैजना सकुशल फेला

काठमाडौं, ४ असार । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जाजरकोटको जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।

मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताए।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी खाना खुवाउने काम भएको उनले बताए।

Loading...