सेल्फी खिच्दै गर्दा हात्तीको आक्रमणबाट एकको मृत्यु

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो अस्पताल विराटनगरमा पुर्याउना साथ मृत्यु भएको छ।

हात्ती अहिले रतुवामाईतर्फ गएको छ ।

Loading...