जसपाले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएको छ। जसपाको केन्द्रिय कार्यकारी समितिको बैठकले बिहिबार निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको प्रतिवाद गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइने निर्णय गरेको हो।
पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, बरिस्ठ नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सम्मिलित कार्यकारिणी समिति बैठकले राजेन्द्र महतोको नेतृत्वमा मन्त्रीमण्डलमा सहभागी भएका महन्थ यादव पक्षका  राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाइ नेतालाई पार्टीबाट निष्कासन गरेका छन् ।

निर्वाचन आयोगले दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई वैधता दिएको छैन्। आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ।
यसैगरि बैठकले बाढी पहिरोका पीडितहरुलाई उद्धार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिंदै पीडित जनताको तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने , चुरे दोहन गर्न नहुने निष्कर्ष निकाल्दै पार्टीस्तरबाट चुरे संरक्षण अभियान चलाउने निर्णय गरेको छ।

Loading...