ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने काठमाडौँ महानगरको योजना

 

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदामा सुचिकृत बसन्तपुर दरवार क्षेत्र र ठमेललाई पैदलयात्रीमैत्री बनाउने भएको छ ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहिबार नवौँ नगरसभाको पहिलो वैठकमा आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रममा बसन्तपुर क्षेत्र र ठमेललाई पैदलयात्रीमैत्री बनाउने बिषय पनि समावेस गरि सार्वजनिक गर्नुभएको हो ।

महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ’ ‘पशुपतिनाथ लगायत दर्शनार्थीहरुको धेरै चाप हुने धार्मिक स्थलहरुका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति ब्यबस्थापन प्रणाली व्यवस्था गरिने भएको छ । पर्यटनःआर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र बिस्तारमा जोड दिने नीति लिइने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिने भएको छ । उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिने उल्लेख गरिएको छ।

Loading...