काठमाडौँ उपत्यकामा भाडाका ट्याक्सी चलाउन पाइने , यस्तो छ नियेम

काठमाडौं। काठमाडौं उपत्यकामा कोविड संक्रमण संख्यामा दिनहु घट्दै गएपछि निषेधाज्ञा पनि खुकुलो पार्दै भाडाका ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् ।

निजी सवारी साधनमा जस्तै ट्याक्सी संचालनमा पनि जोर, बिजोर प्रणाली लागू हुने भएको छ । जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरको ट्याक्सी चल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

वैशाख १६ देखि भाडाका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएका थियो । सो निर्णयलाई निरन्तरता दिदै अन्य भाडाका सवारी साधनमा लागिएको रोक भने यथावत नै राखिएको छ।

Loading...