काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर, उपमेयरसहित काँग्रेसका १४ जनप्रतिनिधिले नगरपरिषद् बहिष्कार पछि रोकिएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको थियो। आजको छलफलमा उपमेयरसहितका काँग्रेस निकट १४ वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उहाँहरुको सुझाव ग्रहण गर्दै बैठक सुचारु गर्नुभएको थियो ।
शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधि भन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिनुभयो । मेयर शाक्यले आन्तरिक समस्यालाई छलफलका माध्ययमबाट हल गर्न सकिने पनि सुझाव दिनुभयो ।

मेयर शाक्यले सुझाव ग्रहण गर्दै उपमेयरसहित सबै वडाध्यक्षलाई पार्टीको प्रतिनिधि भन्दा पनि जनप्रतिनिधिका हैसियतमा काम गर्न सुझाव दिनुभयो । ‘हाम्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट ल्याउँदैछौँ । विगतका वर्षमा सबै निर्णयहरु सर्वसहतिमा भए,’ शाक्यले भन्नुभयो, ‘म तपाईँहरुलाई आग्रह गर्न चाहन्छु । कुनै दलको टिकट लिएर हामी निर्वाचनमा उम्मेदवार बन्यौँ होला । तर, निर्वाचन जितेपछि हामी जनप्रतिनिधि हौँ । म नेकपा एमालेका तर्फबाट उम्मेदवार थिएँ । त्यो भनेको म एमाले वा मलाई मतदान गर्ने मतदाताको मात्रै मेयर होइन । निर्वाचित भएपछि म काठमाडौँ महानगरपालिकाको मेयर हुँ । उपमेयर, वडाध्यक्ष र सदस्यहरु पनि कुनै दलको होइन तपाईँहरु जनप्रतिनिधि हो । मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन, गर्दिन । विगतमा सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्ने गरेको परम्परा छ । सुरुको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयरलगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भन्नुभयो, ‘मैले बरु केही दिन छलफल स्थगन गरेर भए पनि सबैको उपस्थितिमा सर्वसम्मत रुपमा नीति–तथा कार्यक्रम पारित गर्नुपर्छ भनेर दुई दिन स्थगन गरेँ । उहाँहरुले आजको बैठकमा केही सुझाव राख्नुभयो । उहाँहरुले राख्नु भएका धेरै जसो सुझाव नीति–तथा कार्यक्रममा समावेश भैसकेका छन् । केहीचाँहि सुन्दा लोकप्रिय जस्ता सुनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्भव नहुँने सुझाव छन् । सम्भव हुने सुझावलाई नीति–तथा कार्यक्रममा समावेश गर्ने छौँ ।’

यसै गरि उपमेयर खड्गीले भन्नु भयो – ‘जनताको सबैभन्दा नजिकको सरकारको प्रतिनिधित्तो गर्ने स्थानीय सरकारले निर्माण गर्ने नीतिगत एवं कानुनी ब्यबस्थाहरु बजेट र कर्येक्रमहरु आमस्थानीयवाशिको चाहना अनुशारहुनु पर्नेमा एकपक्षिय पृष्ठपोषण राजनीतिक दाउपेजमा निर्देशितरही निर्माण गर्ने गरिएको छ। देशको संघीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाको शहरी ब्यबस्थापन ४ बर्षमा अपेक्षित ब्यबस्थापन नभैरहेको अवस्थामा चुनावको समएमा गरिएको र महानगर वासीलाई दिएको आश्वासन झुठो साबित भैसकेको छ। कुनै सकारात्मक परिवर्तनको प्रत्याभूति आमजनमानसले गर्न सकी रहेका छैन। शहरका यावत समस्याहरुको समाधानमा ज्युकाट्यु रहिनै रहीका छन्। कोवित महामारीको अवस्थामा नगर वाशीलाइ जीवन रक्षाको ठोस कार्येक्रम प्रस्तुत नगरी बिना छलफल बात ल्याइएकोमा हाम्रो गम्भीर चासो रहेको जानकारी गराऊद छौ। ’ 

कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको जानकारी पनि दिनुभयो ।

 

Loading...