ख्याल गर्नुस तपाईको बैंक खाताबाट लुटिएलाः साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]

भत्ता नपाउँदा ज्येष्ठ नागरिकको चाड खल्लो

सप्तरी, २६ कात्तिक । सामाजिक सुरक्षा भत्ताबापतको रकम आठ महिना बित्दा पनि सप्तरीको बलान बिहुल गाउँपालिकाका लक्ष्यित समुदायले पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाए पछि यहाँका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल र दलित समुदायले गाउँपालिकाका वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षसँग “हाम्रो भत्ता किन आएन” भनेर दिनहुँ जसो गुनासो गर्ने गरेका […]

शान्ति र सद्भावका लागि बौद्ध साहित्य आवश्यक

काठमाडौँ, २६ कात्तिक । अन्तरराष्ट्रिय तहमा शान्ति र सद्भाव कायम गर्न बौद्ध साहित्य तथा दर्शनको उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल बौद्ध गेलुक सङ्घले महायानी बौद्ध परम्पराअन्तर्गत गेलुक सम्प्रदायका संस्थापक चोङ्खापको ६०० औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले अहिलेको समाजमा बढ्दै गएको अराजकता र हिंसालाई न्यूनीकरण गर्न बौद्ध दर्शनको महत्व […]

मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार

काठमाडौँ, २६ कात्तिक । नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यससम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आएका वरिष्ठ विशेषज्ञ, चिकित्सक […]

उपत्यका लगाएत देशभर चिसो वृद्धि

काठमाडौँ, २६ कात्तिक । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश […]

दूधको अभावमा बरमझियाको पेडा व्यवसाय प्रभावित

वीरगञ्ज २६ कात्तिक । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेका सप्तरीको बरमझियामा रहेको पेडा व्यवसाय दूधको अभावमा प्रभावित हुन थालेका छन । पेडा बनाउनको लागि अति उपयुक्त मानिने भैँसीको दूध मागअनुसारको आपूर्ति नभएपछि नेपालमै प्रसिद्ध मानिएको सप्तरीको पेडा ब्यवसाय ओरालो लाग्न थालेको व्यवसायीहरु बताउँछन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–२ बरमझियादेखि महादेवपट्टिसम्म करीब एक […]

अस्पताल भवन शिलान्यास

बनेपा, २६ कात्तिक । प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ श्ययाको अस्पताल निर्माण गरिने भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका लागि २१ रोपनी जग्गा उपलब्ध गराइएको छ । अस्पताल भवन शिलान्यास गर्दै प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले […]

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौँ, २६ कात्तिक । शिख धर्मका प्रवत्र्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनले गराए। गुरु नानक जयन्तीका अवसरमा […]

दुई किलोग्राम चाँदीसहित भुटानी पक्राउ

काठमाडौँ, २६ कात्तिक । नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयरको उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल […]

रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाका घरघरै नागरिक बडापत्र

पाल्पा, २६ कात्तिक । रिब्दीकोट गाउँपालिकाले वडा नं ५, कुसुमखोलाको नागरिकका घरघरै नागरिक बडापत्र राखेको छ । सरकारी कार्यालय प्रवेशद्वार अघि नागरिक बडापत्र रहेको देखिएको भएपनि आफ्नो घरमा नै स्थानीय सरकारका सेवासम्बन्धी नागरिक बडापत्र राख्न आएपछि नागरिकले अनौठो मानेका छन् । गाउँपालिका, वडा र अन्य सरकारी सेवा प्रदायक निकायका सेवासम्बन्धी विषय नागरिक बडापत्रमा उल्लेख गरिएको […]