दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या प्रकरण काम र बास मिलाईदिन्छु भनी ललाई फकाई जवर जस्ती पछि हत्या

काठमाडौँ। दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने बक्ति पक्राउ परेको छ। महानगरीय अपराध महाशाखाले घटना पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार रहेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली नगरपालिका-७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनालाई बुधबार काठमाडौँ महानगर २७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। मृतक सन्तोषी सुब्बाले ६गते आइतबारका दिन सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात निज सुरेश तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छु भनी घटनास्थल तर्फ लगी जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्बाले प्रतिकार गरे पश्चात घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरे प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरीले निज बात घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, मृतकको मोबाईल, मेमोरी कार्ड आदि बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

Loading...