विश्व ओलम्पिक डे को अवसरमा नेपाल बक्सिङ संघ सम्मानित

काठमाडौँ। विश्व अाेलम्पिक डे काे अवसरमा बिहिबार एक कार्यक्रमका विच नेपाल अाेलम्पिक कमिटीले हालै नेपालमा सम्पन्न १३ अाैँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका प्रशंसापत्र द्वारा सक्मान गरेकाे छ । १३ अाैँ सागमा नेपालले एेतिहासिक ३ स्वर्ण,६ रजत र ६ कास्य पदक जित्न सफल भएकाे हो ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उप-राष्ट्रपती नन्द बहादुर पुनद्वारा उक्त सम्मनन-पत्र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई हस्तान्तरण गर्नुभयाे ।
साथै याे वर्ष अाेलम्पिक डे भव्यरुपमा मनाउन संघले मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता अायाेजना गरी सहभागी जनाएकाेले नेपाल अाेलम्पिक कमिटीले अाउाेजना गरेकाे विशेष कार्यक्रममा उप राष्ट्रपति पुनले संघलाई कदर पत्रद्वारा सम्मान गर्नु भयो ।
१३ औ साग अन्तर्गत बक्सिङ्ग खेलकुदमा ३७ वर्ष पुरानाे रेकर्ड ताेडी एेतिहासिक जित दिलाउन सफल सम्पूर्ण खेलाडीहरु, प्रशिक्षकहरु र संघका पदाधिकारीहरुलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरेको छ। प्रत्यक वर्ष जुन २३ तारिखका दिन संसारभर विश्व अाेलम्पिक डे मनाईने गर्दा छ।

Loading...