घरधनी प्रधानलाई हिरासतमा राखिएको प्रति नेवा: संघसंस्थाहरुको बिरोध

जातिय बिभेदका कारण कोठा भाडामा नदिएको भनि गरिएको उजुरीको आधारमा छानबिनको सिलसिलामा बिगत केही दिनदेखि का.म.न.पा.-११ का सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको प्रति विभिन्न नेवा: संघसंस्थाहरुले बिरोध गरेका छन । सञ्चारकर्मी समेत रहेका रुपा सुनारले आफू कामी जातकी भएकै कारण कोठा भाडामा नपाएको आरोप सहितको कानूनी न्यायका लागि भनि राखेको उजूरीका आधारमा छानबिनकालागि ५८ वर्षीय घरधनी सरस्वती प्रधानलाई गत आइतबार हिरासतमा लिएका हुन । प्रहरीले जिल्ला अदालत काठमाडौँबाट ३ दिने म्याद सहित अनामनगर प्रहरी चाैकी र त्यसपछि सोह्रखुट्टे प्रहरी चौकिमा राखि अनुसन्धान कार्य गर्दै आएको छ । प्रधानलाई यसरी हिरासतमा राखिएकोमा नेवाः समुदाय आक्रोशित भएका छन भने नेवाः देय् दबु काठमाडौं जिल्ला समिति, उपत्यका घरधनी सरोकार मञ्च लगायतका विभिन्न जातिय समाजहरुले गम्भीर ध्यानाकर्षण भएको बताउँदै बिज्ञप्तिहरु जारी गरेका छन । बिज्ञप्तिमा यस घटनालाई जातिय बिभेदको नभई सामाजिक सद्भावमा आँच आउने खालको सुनियोजित कृयाकलापको संज्ञा दिदैं निर्दोष प्रधानलाई अविलम्ब स-सम्मान रिहाईको जोडदार माग गरेका छन । बिज्ञप्तिमा कसैलाई कोठा भाडामा दिने नदिने घरधनीको नैसर्गिक अधिकार रहेको, उजुरीकर्तालाई गालीगलौज पनि नगरेको अवस्था, घरसल्लाह गरि खबर गर्ने भनेको र भाडा दिने सम्बन्धी कुनै करार वा बैना समेत नभएको अवस्थामा निवेदक सुनार आफैले जातको कुरालाई उचालि घरधनीलाई सुनियोजित रूपमा अतिरंजित गरिएको उल्लेख छ । बिज्ञप्तिमा युगौंदेखि लादिएको जातिय बिभेदको अवशेष समग्र नेपाली समुदायमा अझै रहेको र त्यसलाई अन्त्य गर्न सबै पक्षसँग सहकार्य गर्दै बिगतमा पनि आन्दोलित रहदैं आएको उल्लेख गर्दै नेवा: देय दबूले भविष्यमा पनि यस्ता कुरिति र कुसंस्कार अन्त्यकालागि निरन्तर कृयाशील रहने संकल्प दोहोर्याएका छन । यसप्रकारको सामाजिक सद्भाव भड्काउने तथा नेवा: समुदायमा अनाहकमै फेरिपनि प्रधानले जस्तै समस्या भोग्नुपर्ने अवस्था आईलाग्न सक्ने बिषयप्रति सचेत हुन ललितपुरका २० जातिय खल:पुच:का प्रतिनिधिहरुसहित मंगलवार लगनखेलको बटुक भैरब मन्दिर परिसरमा गम्भीर बैठकको आयोजना गरेका छन । पिडित सरस्वती प्रधानको श्रीमान मुकुन्द प्रधान, समाजिक अभियन्ता यादव लाल कायस्थ, समाजिक अभियन्ता राजाराम तण्डुकार लगायतको समेत सहभागितामा यल जातिय समाजका सदस्य समाज रंजितकार समाजको संयोजकत्वमा बसेको उक्त बैठकले कहिँ कतैबाट घरधनीबाट जातिय बिभेद हुने गरि कुनैपनि कार्य नगरेको देखिन आएको र कोठा भाडामा दिने वा नदिने ब्यक्तिगत श्री सम्पत्तिको अधिकार कुन्ठित गर्दै घरधनी सरस्वती प्रधानलाई नियतबस फसाइएको निचोड निकालेको बैठकका संयोजक समुन्द्रमान रंजितकारले जानकारी गराएका छन । घरधनी सरस्वती प्रधानलाई तत्काल बिनासर्त रिहाइको माग गर्नुका साथै ललितपुरमा पनि भविष्यमा यस्ता घट्ना हुन नदिन सोही बैठकको निर्णयानुसार ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख ढुण्डी प्रसाद निरौलालाई गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने निर्णय पनि गरिएको बैठकमा सहभागी सिक:मी समाजका बिष्णुलाल सिकर्मीले बताएका छन । उक्त बिषयलाई लिएर सामाजिक संजालमा पनि व्यापक वहस भएका छन भने नेवा: एकता कायम गरि जातिय बिभेद करिब उन्मुलन तर्फ गईसकेको अवस्थामा यि यस्ता घट्नाले एकजना स्थानिय नेवा: माथि मात्र नभै समग्र नेवा: समुदायमाथि भएको अन्यायको प्रतिकार गर्न बिरोधमा उत्रिन तयार रहेको पनि प्रतिकृयाहरु आउन थालेका छन ।

Loading...