आन्तरिक हवाई उडान ५० प्रतिशत क्षमतामा खुलाउने निर्णय, ११ देशमा हप्तामा २७ उडान हुने

 

काठमाडौं । कोविड महामारी संख्या बिस्तारै घट्दै गर्दा सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने निर्णय गरेको छ।

५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो।

यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा काठमाडौंबाट दोहा, इस्तानबुल, दुबई, दमाम, कवेत सिटी, मस्कट, क्वालालम्पुर, सियोल, टोकिया र छेन्दुमा उडान सञ्चालन गर्ने निर्णय गरेको हो। 

सार्वजनिक तालिका अनुसार नेपाली वायुसेवाले कतारको दोहामा सातामा २ उडान र वायुसेवाले नै कतारमा २ गरी सातामा ४ उडान गर्ने छ।

Loading...