स्मार्ट लकडाउनको पहिलो दिनमा ब्यवसायीले राख्यो यस्तो माग र सुझाव

 

ललितपुर- वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा सरकारले लकडाउनसम्बन्धी नयाँ अवधारणा ‘स्मार्ट लकडाउन’को पहिलो दिनमा ललितपुरका ब्यवसायीहरुको संगठन ललितपुर च्याम्बर अफ कमर्सका प्रतिनिधिहरुले अल्पकालिन र दिर्घकालिन ब्यवस्थाका सुझाव सहितको ज्ञापनपत्र बुझाएका छन । ललितपुर जिल्ला प्रशासन कार्यालयमार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई सम्बोधित ज्ञापनपत्रलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने आश्वासनसहित प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले बुझ्नुभएको चेम्बर्सका कार्यवाहक अध्यक्ष निरु थापाले जानकारी गराएका छन । व्यापक रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाममा राज्यले दिएको आदेशहरु पालना गर्दै गराउंदै आएकोमा ललितपुरका ब्यवसायीहरुमा पुंजीको तरलता र आर्थिक चलायमा गर्न कठिन भएको परिस्थितिबारे ध्यानाकर्षण गराइएको उनले बताए। प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले ब्यवसायीहरुको चिन्ता र समस्याप्रति आफू जानकार रहेको भएपनि हालको परिस्थितिमा नयाँ भेरिएन्टको संक्रमणहरु देखिएकोप्रति झन बढी संवेदनशील बनाएको बताउनुभयो । ज्ञापनपत्र बुझ्दै भएको छलफलमा उनले संक्रमणको संख्या र परिस्थिति जटिल भएमा पुन: पूर्ण लकडाउन पनि कार्यान्वयन गराउनुपर्ने अवस्था आउनसक्ने हुनाले सबैले संयमित र जिम्मेवार हुन पनि अनुरोध गरेका छन । “यस परिस्थितिमा राज्यले नीजि क्षेत्रलाई राहत प्रदान गर्न नसके देशकै अर्थतन्त्रमा थप नकारात्मक असर पुग्ने निश्चित छ ।” थापाले भने, “साथै हामी समस्यामा परेका उद्योग ब्यवसायीहरुको सल्लाह सुझाव बिना राज्यले दिएका नियम निर्देशनहरुको अक्षरस र फलपूर्ण कार्यान्वयन हुन नसक्ने यथार्थ पनि निर्विवाद रहेको हुनाले आवश्यक पहलकदमीकालागि १० बुँदे अल्पकालिन र ५ बुँदे दिर्घकालिन लिखित सुझाव पेश गरेका छौं । ” अल्पकालिन ब्यवस्थापनकालागि ३ महिनाको ब्याज मिनाहादेखि स्टार्ट अप ब्यवसायकालागि कमसेकम ३० लाख सम्म बिना धितो र साना ब्यवसाय तरलता ब्यवस्थापनकालागि बिना धितो १० लाख सम्मको ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने लगायतका सुझावहरु ज्ञापनपत्रमा उल्लेख गरिएका छन । संगै बिभिन्न प्रकारका कर र सेवामा छुटको ब्यवस्थाको माग सम्बोधन गराउने क्रममा स्थानिय निकायले लिने बहाल कर र ब्यवसाय कर लगायतको समस्या सम्बोधनकालागि भोलि मंगलबार ललितपुर महानगरपालिकामा पनि ध्यानाकर्षण गराउने चेम्बर्सका पदाधिकारी बिरेन्द्र शाक्यले जानकारी दिएका छन ।

Loading...