युवा नेतृत्व तथा वृत्ति विकास अहिलेको आवस्यकता – काठमाडौँ महानगर उप-प्रमुख खड्गी

काठमाडौँ। काठमाडौँ महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले नेतृत्व विकासमा युवाकोग्रसरता हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल खड्गी सेवा समितिको आयोजमा २ दिने नेतृत्व तथा वृत्ति विकास तालिम उत्घाटन गर्नुहुँदै उहाँले युवा नेतृत्व अगाडि बढ्नु जरुरी रहेको बताउनुभएको हो।
उपप्रमुख खड्गीले भन्नुभयो ‘ युवा नेतृत्व अहिलेको आवस्यकता हो, समाजलाई परिवर्तन गर्न युवा व्यक्तित्व विकास हुनु नितान्त जरूरि रहन्छ। म स्वयं व्यक्तित्व विकासमा नबढेको भए आज छानिएर महानगरको यो पदमा हुने थिएन, अझै पनि आगामी दिनहरुमा मैले गरेको कामकाे मूल्यांकन गरेर थप नया जिम्मेवारीमा पुनः साथ दिनहुन्छ भनेर विश्वास गरेको छु।
नेवा: समाज भाषा बोलेको कारण अगाडि बढ्न असजिलो मान्नु पर्दैन, स्वर उच्चारणमा त र ट को बीचमा नअल्मलिकन, तपाईं क्षमतावाण हुनुहुन्छ भने यो मौलिक परिचय अरुलाई बुझाउने खुबी आफैँमा हुनुपर्छ। ’
खड्गी सेवा समितिकी अध्क्षय अन्जता खड्गीले समुदायलक्षित गरी नेतृत्व तथा वृत्ति विकास तालिमले नयाँ पुस्तामा सामाजिक उत्तरदायित्ववाेध गर्न सक्ने बताउनुभयाे

समितिका सस्थापक अध्क्षय मनोज नेवा: खड्गीले नेवार समुदायमा शिक्षासँगै युवा पुस्तालाई हरेको कोणबाट क्षमतावान बनाउन समितिले विभिन्न गतिविधि गरेकाे जानकारी दिनुभयो।
डिल्लीबजारस्थित अमृत भोगमा सोमबारसम्म तालिम संचालनमा रहनेछ।

Loading...