अनामनगरमा ‘हाम्रो टिम नेपालले नि:शुल्क खुवाउन बनाएका टहरा महानगरले हटायो

 

काठमाडौँ ।अनामनगर स्थित सिंहदरवारको पूर्वी गेट अगाडि सार्वजनिक जागामा हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गराएको छ।

काठमाडौं महानगरका नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो सार्वजनिक जग्गामा बनाइएका टहरा जग्गा खाली गराएको हो। सो क्रममा प्रहरीले बिना अनुमति सार्वजनिक जग्गामा टहरा बनाई प्रयोग गरेको भन्दै हाम्रो टिमका केही अभियानतालाई समेत नियन्त्रणमा लिएको छ।
निषेधाज्ञाका कारण सबै काम बन्द हुँदा खान नपाएका दैनिक ज्यालादारी गरिखाने मजदुर लगाएतहरूलाई नि:शुल्क खाना यसै सार्वजनिक जग्गामा खुवादै आइरहेको थियो। संरचना हटाउने क्रममा सामान्य झडप समेत भएको छ। प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ। झडपको क्रममा घाईते भएका को उपचार ट्रमा सेन्टर भैरहेको टिम नेपालले जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौँ महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिएका छन् । उनले करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका लाइ त्यहाँ बनाइएका टहरा पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरेको बताए । 

Loading...