सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, २६ कात्तिक । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका […]

टिपर र बोलेरो दुर्घटनामा एकको मृत्यु

बनेपा, २६ कात्तिक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक […]

चौरजहारीमा पनि सुरु गरियो नगरबस सेवा

मुसिकोट, २६ कात्तिक । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन नगरबस सञ्चालन गरिएका नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन […]

सरकारले कुरा नसुनेपछि माध्यमिक तहको स्कूल चलाउन र शिक्षकलाई तलब खुवाउन महायज्ञ

तम्घास, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ । विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक […]

६ बच्चाको ज्यान लिने नरभक्षी चितुवा यसरी आयो विज्ञ टोलीले थापेको काठको खोरमा

दमौली, २६ कात्तिक । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा […]

यूट्यूवमा भाइरल बनेका अघोर बाबाकी श्रीमती पक्राउ, पछि-पछि प्रहरी चौकी पुगे अघोर बाबा

काठमाडौं, २५ कार्तिक । युट्यूवमा अघोरीबाबा भनेर भाइरल भएका बाबाकी नव दुलही शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका अघोरी मृत्युञ्जय बाबा भनेर चिनाउने बाबाले केही महिना अघि मात्र विवाह गरेको आफै सार्वजनिक गरेका थिए । अमेरिकाको बसाई त्यागेर नेपाल आई घरबार सबै त्यागेका बाबासँग विवाह गरेर […]

हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौँ, २५ कात्तिक । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् । विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी […]

अनेसास सर्वोत्कृष्ट पुरस्कार वितरण

वाशिङ्टन डिसी, २५ कात्तिक । अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आइतबार डिसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार वितरण समारोहमा उनले नेपाली साहित्यका […]

काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न

 ललितपुर,२५ कात्तिक । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्र मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा […]

लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु

रुपन्देही, २५ कात्तिक । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै […]