छत्रपाटी निःशुल्क चिकित्सालयलाइ सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीले गरे नगद सहयोग

 काठमाडौ। काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
बुधबार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुको समूहले उक्त रकम बराबरको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी गराउनुभयो । ‘अत्याधुनिक प्रविधिसहितको आइसीयू, पोर्टबेल एक्सरे मेसीनसँगै विरामीलाई छरितो र स्तरीय सेवा दिन आवश्यक अत्याधुनिक मेसीन र प्रविधि यहाँ जडान गरेका छौं, अब अक्सिजनको समस्या नहोस् भनेर अक्सिजन प्लान्ट राख्न लागेका छौं’ श्रेष्ठको भनाई हो । विरामीलाई उपचारको साथमा खाना, औषधीसमेत निःशुक्ल उपलब्ध गराइएको श्रेष्ठले जानकारी गराउनुभयो ।
सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गरेर बोल्दै दिपक जोशीले कोभिड महामारी नियन्त्रणका लागि महामारीको शुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको जानकारी गराउनुभयो । पूर्व विद्यार्थी समूहबाट देशका विभिन्न स्थानमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरताकै क्रममा डा. सोना श्रेष्ठ, डा. निरज श्रेष्ठ, डा. मिरु गुरुङ र डा. सपना श्रेष्ठको अगुवाईमा काठमाडौंको भित्री वस्ती क्षेत्रपाटी आइपुगेको जोशीले बताउनुभयो । कार्यक्रममा पूर्व विद्यार्थी समूहका दिपिन श्रेष्ठ, सरल प्रधान, निरन्जन श्रेष्ठ, सर्जु श्रेष्ठ, राजिव श्रेष्ठ, प्रमोद सुवाल र भुपेन्द्र श्रेष्ठलगायत पनि उपस्थित भएका थिए ।

Loading...