बागमती नदीमा पानीको सतह बढ्न सक्ने, सतर्क रहन आग्रह

काठमाडौँ।  बागमती नदीमा पानीको सतह बढ्न सक्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट बागमती नदी किनारमा नजान र आग्रह गरेको छ।

पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ।

आयोजनाले सुरूङ परीक्षण गर्न सुरूङभित्र रहेको पानी फालि खाली गर्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले आज बिज्ञप्ति जारि गर्दै आग्रह गरेको हो।

समितिले बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरुमा पनि बहाव बढ्न सक्ने भनेको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण गर्न पानी फालि खाली गरि निरीक्षण गर्न लागि असार १ गतेबाट सुरुङ खाली गर्न लागिएको छ।

सुरुङ्ग भित्रको पनि फाली खाली गर्न १६ दिन लाग्ने र सम्पूर्ण परीक्षण सकिन दुई महिना लाग्ने योजनाले जनाएको छ ।

यो परीक्षण कालसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने छैन।

Loading...