खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ भेरोसेल खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चलाएको खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ भेरोसेल खोप लगाएका छन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन नगवसिमा आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन महानगरपालिका अन्तर्गत वडा १९ को सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौँ महानगर क्षेत्रका ३२ स्थानमा मंगलवार बाट ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको भन्दै प्रमुख शाक्यले काठमाडौँमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौँमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी हुने गराउने लक्ष्य रहेको बताउनु भयो ।


प्रमुख शाक्यको उपस्थितिमा काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डबिच भएको सम्झौता महानगरकातर्फबाट वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र मेड्सकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले हस्ताक्षर गर्नुभएको थियो । एक अर्काको आचारसंहिता, पारदर्शिता तथा ववाफदेहिता, गोपनीयता, सञ्चार, सहभागितामुलक निर्णयमा समानता, मानवीय कार्य, स्वतन्त्रता र तटस्थताका सिद्धान्तको सम्मान र पालना गर्ने गरी सम्झौता भएको हो ।

सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाले १ करोड ५ लाख ४० हजार रुपैयाँ व्यहार्नेछ । परियोजना सञ्चालन गर्न समन्वय समिति र रणनीतिक र व्यवस्थापन समिति गठन गरिनेछन् । सम्झौताबमोजिमकाृे स्वास्थ्य प्रवर्धन केन्द्र वडा १९ मा स्थापना भए पनि अन्य वडा र नुवाकोटको ल्याण्डफिल साइट क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट समेत सेवा दिइनेछ । सम्झौता अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य विभागका अधिकारी तथा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

Loading...