पुरानै नेपालको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानै नेपालको नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

बैठकमा उनले देशको प्रतिष्ठामा आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही अगाडी बढाउन निर्देशन दिएका थिए ।

Loading...