प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध पनि अविस्वासको प्रस्ताव ल्याउने कसरत सुरु

काठमाडौं, १० पुस । प्रधानमन्त्रीले संघीय प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल दुई चिरा भएसँगै प्रदेश सरकारहरु पनि त्यसको चपेटामा परेका छन् । यसैबीच प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कसरत सुरु भएको छ । संघीय प्रतिनिधि सभा विघटन भएसँगै नेकपाभित्र फैलिएको हानाथाप र खिचातानीको राप प्रदेश नम्बर एकमा समेत पुगेको हो […]

अधिकांश प्रचण्डकै मान्छेहरु थपेर मन्त्रीपरिषद पुनर्गठन गरे ओलीले

काठमाडौं, १० पुस । संघीय प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद विघटन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रम ओलीले अधिकांश प्रचण्डका मान्छेहरुलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहका पाँच नेतालाई मन्त्री बनाउन लागेका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी […]

नेकपाका प्रचण्ड, माधव र झलनाथसहितका नेताहरु बसे सडक धर्नामा

काठमाडौं, १० पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक प्रदर्शनमा उत्रिएको छ। प्रदर्शनमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी छन्। प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी यहाँ छौं […]

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजिनामा

काठमाडौं, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल प्रस्तावक रहेर अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । हालका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी ओलीका कट्टर समर्थक हुन भने जमरकट्टेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर हुन् । पक्षमा […]

संसद विघटनविरुद्ध परेका सबै रिट निवेदन संवैधानिक इजलासमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट निवेदन संवैधानिक इजलासमा जाने भएका छन् । निवेदकले मागेको अन्तरिम आदेश दिन अस्वीकार गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । प्रतिवाद गर्नका लागि विपक्षीहरू आएकाले पनि उनीहरूलाई सुन्नुपर्ने प्रधानन्यायाधीश राणाको भनाइ थियो । प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ […]

निर्वाचन आयोगमा दाहाल नेपालले बुझाए २९० केन्द्रीय सदस्यको नामावली

काठमाडौँ, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहले निर्वाचन आयोगमा आज आफ्नो पार्टी आधिकारिक रहेको दावी गर्दै प्रमाणस्वरूप २९० केन्द्रीय सदस्यको नामावली बुझाएको छ। आज बुझाईको २९० जनाको नामावलीमा २८७ जनाले मात्र हस्ताक्षर गरेका छन् भने तीन जनाको नाम मात्र राखिएको छ ।  बुधवार केपी ओलीलाई अध्यक्षबाट हटाएको जानकारीसहित २९० जनाको हस्ताक्षर […]

प्रधानन्यायाधिशले नै रिटहरु संवैधानिक इजलासमा पठाएपछि अब संसद ब्यूतने सम्भावना बढेको चर्चा

  काठमाडौँ। पार्टीभित्रको विवादका कारण सत्तारुढ दल यतिबेला दुई टुक्रामा विभाजन भएको छ । प्रधानमन्त्रीले अकस्मात संसद नै विघटन गरेपछि सत्तारुढ दल अनौपचारिक रुपमा विभाजित भएको हो । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनस्र्थापित हुन्छ कि हुँदैन भन्ने बारे यतिबेला सबैतिर चर्चा छ । प्रधानमन्त्री ओली र उनको टिमले संसद कुनै हालतमा संसद नब्यूतने दावी […]

बहुमत केन्द्रीय सदस्यले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाए अध्यक्ष

काठमाडौं, ७ पुस । सत्तारुढ दल औपचारिक रुपमा विभाजन भएको छ । पार्टीका अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि अझै चुलिएको विवाद अन्ततः अलग अलग केन्द्रीय समिति बनाउने दिशातिर गएको छ । यसैबीच नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई कारवाही गरेको छ । बबरमहलमा बसेको […]

ओली समूहले भन्यो, ‘महासचिव र माइन्यूट हामीसँग भएकोले प्रचण्ड-माधव समूह अवैध होे’

काठमाडौं, ७ पुस । एकतर्फी पार्टी केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । आज बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता प्रदिप ज्ञवालीले प्रचण्ड माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताएका हुन् । परराष्टमन्त्री समेत रहेका ज्ञवालीले आजकै बैठकबाट प्रवक्ताको जिम्मेवारी […]

पार्टी केन्द्रीय समिति पनि विघटन गर्दै ओलीले बनाए ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद विभाजनको करिव अन्तिम अवस्थामा पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले एकतर्फी रुपमा पार्टी केन्द्रीय समिति समेत विघटन गर्दै महाधिवेशन आयोजक कमिटि घोषणा गरेको छ । आज बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन […]