आज नेकपाको अलग अलग केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ७ पुस । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अझ चुलिएको सत्तारुढ दलभित्रको विवाद अलग अलग केन्द्रीय समितिको बैठक बस्नेसम्म पुगेको छ । आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय केन्द्रीय समितिको फरक फरक बैठक बस्न लागेको हो । प्रम ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक […]

गृहमन्त्री थापालाई भेट्न प्रचण्ड बिहानै पुल्चोक मन्त्रिनिवासमा

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रिनिवास पुल्चोक पुगेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध पार्टीमा तीब्र धु्रविकरण भइरहँदा मझधारमा रहेका गृहमन्त्री बादललाई भेट्न प्रचण्ड पुल्चोकमा पुगको उनी निकट स्रोतले जनाएको छ । प्रचण्ड थापालाई भेटन सोमबार पनि पुल्चोक […]

संसद विघटन गर्न प्रधानमन्त्री र राष्टपतिले रोजेको धारा ७६ र ८५ मा के छ ?

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन । संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त […]

ओलीको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए सामूहिक राजिनामा

काठमाडौँ, ५ पुस । केपी ओली नेतृत्वको मन्त्रिपरिषदका सात जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । आजै बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको असहमतिका बाबजुत जवरजस्त प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि उनीहरुले राजिनामा दिएका हुन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, […]

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौँ, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले […]

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय

काठमाडौँ, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । आज बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री […]

ओलीले गरे सबै संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्त (हेर्नुहोस सूची)

काठमाडौँ, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट गत मंसिर ३० गतेको बैठकले राईलाई अख्तियार प्रमुखमा सिफारिस गरेको समिति सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट मानिने राईले एक वर्षअघि गृह सचिवबाट अवकाश पाएका थिए […]

ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेः विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् । उनले देशभक्त शक्तिहरुसँग […]

प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ती गरेको संविधानविद् भिमार्जुन आचार्यको प्रतिक्रिया

काठमाडौँ । संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिएका छन्। संवैधानिक परिषदको बैठकको गणपुरक संख्या सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सरकारले अध्यादेश ल्याएपछि संविधानविद् आचार्यले सरकारको निर्णयले संविधान र व्यवस्थाप्रणालीमाथि ठूलो कुठाराघात गर्नुको साथै मुलुकलाई राजानीतिक भूमरीतर्फ धकेलेको टिप्पणी गरे। संबैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभामुखले गल्ती गरेको […]

पीसीआर परीक्षणमा कालोबजारी गर्ने दुई दुई अस्पतालमाथि कारवाही

चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि गरिएको […]